रविलाई गृह दिन प्रधानमन्त्री लचक

रविलाई गृह दिन प्रधानमन्त्री लचक : Icon Khabar

काठमाडौं, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारी थालेका छन्। उनले सत्ता गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी थालेका हुन्।

सोमबार सदनका १७२ सांसदको विश्वासको मत पाएका उनले सत्ता गठबन्धनमा सहभागी दलहरुलाई समेट्दै मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन्। सरकारलाई समर्थन गरेका सबै दलहरुलाई मन्त्रिमण्डलमा समेट्ने प्रधानमन्त्रीको योजना रहेको छ।

सत्ता गठबन्धनमा रहेका अन्य दलहरुलाई मन्त्रीको टुंगो लगाउन उनले आग्रह गरिसकेको बताइएको छ। प्रधानमन्त्रीको दल नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरुको मन्त्रालय हेरफेरको हुन सक्ने प्रवल सम्भावना रहेको माओवादी स्रोत बताउँछ।

माओवादीले सकेसम्म गृह मन्त्रालय आफैंले राख्ने तयारी छ। तथापि रास्वपाका सभापति रवि लामिछाने फेरि सरकारमा सहभागी हुने अवस्था आए गृह रविलाई नै दिन प्रधानमन्त्री लचक रहेको स्रोतको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2023
Website | + posts