ललितपुरको चापागाउँबाट गौतम बुद्धका दुई पुराना मुर्ति चोरी

ललितपुरको चापागाउँबाट गौतम बुद्धका दुई पुराना मुर्ति चोरी : Icon Khabar
प्रतिकात्मक तस्बिर

ललितपुर, फागुन २९ । ललितपुरको चापागाउँबाट आइतबार गौतम बुद्धका दुई पुराना मुर्ति चोरी भएको छ ।

पुरातात्विक दृष्टिले महत्वपूर्ण आठौं शताब्दीका बुद्धका मूर्तिहरु गए राति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले बताए । चापागाउँको पुरानो बसपार्कमा रहेको मोती पुस्तकालय नजिकै मूर्ति स्थापना गरिएको हो । गत फागुन १ गते चारवटा मुर्ति रहेको गुम्बाबाट बुद्धको मूर्ति चोरी भएको थियो ।

गुम्बामा स्थापना गरिएका चारमध्ये तीनवटा मूर्ति अहिलेसम्म चोरी भएका छन् । लुटेराले गुम्बा तोडेर बहुमूल्य मूर्तिहरू चोरेको स्थानीयले पाएका छन् ।

Published Date: 13 March 2023


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक