ललितपुरको चापागाउँबाट गौतम बुद्धका दुई पुराना मुर्ति चोरी

ललितपुरको चापागाउँबाट गौतम बुद्धका दुई पुराना मुर्ति चोरी : Icon Khabar
प्रतिकात्मक तस्बिर

ललितपुर, फागुन २९ । ललितपुरको चापागाउँबाट आइतबार गौतम बुद्धका दुई पुराना मुर्ति चोरी भएको छ ।

पुरातात्विक दृष्टिले महत्वपूर्ण आठौं शताब्दीका बुद्धका मूर्तिहरु गए राति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले बताए । चापागाउँको पुरानो बसपार्कमा रहेको मोती पुस्तकालय नजिकै मूर्ति स्थापना गरिएको हो । गत फागुन १ गते चारवटा मुर्ति रहेको गुम्बाबाट बुद्धको मूर्ति चोरी भएको थियो ।

गुम्बामा स्थापना गरिएका चारमध्ये तीनवटा मूर्ति अहिलेसम्म चोरी भएका छन् । लुटेराले गुम्बा तोडेर बहुमूल्य मूर्तिहरू चोरेको स्थानीयले पाएका छन् ।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास