राष्ट्रपति भण्डारी साढे ७ वर्षपछि आज शीतल निवास छाड्दै

राष्ट्रपति भण्डारी साढे ७ वर्षपछि आज शीतल निवास छाड्दै : Icon Khabar

काठमाडौं, फागुन २९ । दुई कार्यकाल राष्ट्रपति बनेर विद्यादेवी भण्डारीले झण्डै साढे ७ वर्षदेखि आफ्नो सरकारी निवास शितल निवास छाड्दैछिन् । राष्ट्रपतिको रूपमा उनको दोस्रो कार्यकाल फागुन २८ मा समाप्त भयो।

पूर्वराष्ट्रपति भण्डारी आज दिउँसो २ बजे शीतल निवास प्रस्थान गर्ने कार्यक्रम रहेको भण्डारीका स्वकीय प्रमुख सचिव भेषराज अधिकारीले जानकारी दिए ।

‘नवनिर्वाचित राष्ट्रपति (रामचन्द्र पौडेल)को सपथ ग्रहण दिउँसो १ बजे छ, दिउँसो १ः३० बजेसम्ममा कार्यक्रम सकिन्छ,’ उनले भने, ‘उहाँ दिउँसो १ बजेदेखि २ बजेसम्म बाहिर निस्कनुहुन्छ ।

भण्डारीले आज शितल निवास छाड्ने पक्का भए पनि उनी कहाँ जाने भन्ने टुंगो लागेको छैन । किनभने बुढानिलकण्ठस्थित उनको घरको मर्मतसम्भार पूरा भएको छैन ।

२०७२ असोज २८ गते संविधान जारी भएपछि भण्डारी पहिलो पटक राष्ट्रपति बनेकी थिइन् । पहिलो कार्यकाल सकिएपछि उनी २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

दुई कार्यकाल गरिसकेपछि उनी ७ वर्ष ४ महिना शितल निवासमा बसिन् ।

यसैबीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो निजी निवास बोहराटारबाट शीतल निवास सर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Published Date: 13 March 2023


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक