नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटको कीर्तिमानी जित हात पारे

नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटको कीर्तिमानी जित हात पारे : Icon Khabar

काठमाठौं, फागुन २९ । आईसीसी क्रिकेट विश्वकप लिग टूको पछिल्लो ११ खेलमा नेपालले दशौं जित हासिल गरेको हो । टस जितेर फिल्डिङ गरेको नेपालले पीएनजीलाई ९५ रनमा अलआउट गरेको थियो । जवाफमा ७.४ ओभरमै जित भेट्टायो ।  योसँगै नेपाललाई शीर्ष तीनम रहँदै सोझै विश्वकप छनोट खेल्न अन्तिम खेलमा युएईलाई पराजित गरे पर्याप्त हुनेछ ।

आसिफले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनको शानदार अविजित अर्धशतकीय पारी खेले । आसिफको यो ओडिआई करिअरको आठौं अर्धशतक हो । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।

कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । विकेटको हिसाबमा नेपालले जितेको यो सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास