राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना : Icon Khabar
तस्बिरः प्रविन पौडेल/रासस

भक्तपुर, कार्तिक ८ । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेका छन्।

प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको जमरा, रातो टीका र प्रसाद ग्रहण गरेका थिए।

सो अवसरमा उनले नवदुर्गाका पुजारी, मूल नाइके तथा देवगणलाई परम्परागत दक्षिणा प्रदान गरेका थिए। मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाच तथा सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो।

कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना गर्ने ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल भक्तपुर पुगेका हुन्।

Published Date: 25 October 2026


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने