सन्दीपको पाँच विकेटमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य

सन्दीपको पाँच विकेटमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य : Icon Khabar

काठमाठौं, फागुन २९ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ । स्पिनर सन्दीप लामिछानेको पाँच विकेटमा पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भयो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए ।

ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले एक विकट लिए ।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Published Date: 13 March 2023


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक