राष्ट्रपति निर्वाचनमा ८८१ मतमध्ये ८०० मत खस्यो

राष्ट्रपति निर्वाचनमा ८८१ मतमध्ये ८०० मत खस्यो : Icon Khabar

काठमाडौं, फागुन २५ । नयाँ बानेश्वरमा भइरहेको राष्ट्रपति निर्वाचनमा ८ सय ८१ मतमध्ये ८ सय मत खसेको छ । दिउँसो २ः५० बजेसम्म ८ सय मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

कुल ८८१ मतमध्ये ३७ मत खसेपछि मतदान समाप्त हुनेछ । प्रतिनिधिसभामा ८ सय ८१ र राष्ट्रिय सभामा ३ सय ३१ मतमध्ये संघीय संसदको पक्षमा ३ सय मत परेको थियो । संघीय संसदमा राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ गरी कुल ३ सय ३४ सदस्य छन् । तीमध्ये एक निलम्बित, एकको निधन र एकजना पदमुक्त भएका छन् ।

तीमध्ये नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराइरहेका छन् भने राप्रपाका १४ सांसदले मतदान नगर्ने निर्णय गरिसकेका छन् । त्यसैले अब संघीय संसदबाट मतदान गर्न सांसदको संख्या १६ मात्रै बाँकी छ ।

त्यस्तै प्रदेशका लागि ५५० मतदातामध्ये ५०० मतदाताले मतदान गरिसकेका छन् । राप्रपाका २८ प्रदेशसभा सदस्यले मतदान नगरेपछि अब २२ जना मात्रै मतदान गर्न बाँकी छ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित