राष्ट्रपति निर्वाचनमा ८८१ मतमध्ये ८०० मत खस्यो

राष्ट्रपति निर्वाचनमा ८८१ मतमध्ये ८०० मत खस्यो : Icon Khabar

काठमाडौं, फागुन २५ । नयाँ बानेश्वरमा भइरहेको राष्ट्रपति निर्वाचनमा ८ सय ८१ मतमध्ये ८ सय मत खसेको छ । दिउँसो २ः५० बजेसम्म ८ सय मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

कुल ८८१ मतमध्ये ३७ मत खसेपछि मतदान समाप्त हुनेछ । प्रतिनिधिसभामा ८ सय ८१ र राष्ट्रिय सभामा ३ सय ३१ मतमध्ये संघीय संसदको पक्षमा ३ सय मत परेको थियो । संघीय संसदमा राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ गरी कुल ३ सय ३४ सदस्य छन् । तीमध्ये एक निलम्बित, एकको निधन र एकजना पदमुक्त भएका छन् ।

तीमध्ये नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराइरहेका छन् भने राप्रपाका १४ सांसदले मतदान नगर्ने निर्णय गरिसकेका छन् । त्यसैले अब संघीय संसदबाट मतदान गर्न सांसदको संख्या १६ मात्रै बाँकी छ ।

त्यस्तै प्रदेशका लागि ५५० मतदातामध्ये ५०० मतदाताले मतदान गरिसकेका छन् । राप्रपाका २८ प्रदेशसभा सदस्यले मतदान नगरेपछि अब २२ जना मात्रै मतदान गर्न बाँकी छ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ ।

Published Date: 09 March 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु