सेयर बजारमा उछाल, ५०.०४ अंकले बढ्यो नेप्से

सेयर बजारमा उछाल, ५०.०४ अंकले बढ्यो नेप्से : Icon Khabar

काठमाडौँ, फागुन २५ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५०.०४ अंकले उकालो लागेर दुई हजार दुई  दशमलव ७० मा पुगेको छ।

नेप्से इन्डेक्ससँगै कारोबार रकममा समेत केही सुधार देखिएको छ । आज सेयबजारमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक आज शिवम् सिमेन्ट्सको ७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख, नबिल बैंकको ३ करोड ५७ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 आज  १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पयर्टन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 09 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक