सेयर बजारमा उछाल, ५०.०४ अंकले बढ्यो नेप्से

सेयर बजारमा उछाल, ५०.०४ अंकले बढ्यो नेप्से : Icon Khabar

काठमाडौँ, फागुन २५ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५०.०४ अंकले उकालो लागेर दुई हजार दुई  दशमलव ७० मा पुगेको छ।

नेप्से इन्डेक्ससँगै कारोबार रकममा समेत केही सुधार देखिएको छ । आज सेयबजारमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक आज शिवम् सिमेन्ट्सको ७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख, नबिल बैंकको ३ करोड ५७ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 आज  १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पयर्टन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 09 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय