मेरो लामो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन हुन्छ : राष्ट्रपतिका उम्मेदवार पौडेल

मेरो लामो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन हुन्छ : राष्ट्रपतिका उम्मेदवार पौडेल : Icon Khabar

काठमाडौं, फागुन २५ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले लामो राजनीतिक संघर्षको सही मूल्याङ्कन गर्दै मतदाताले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्ने बताएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेताले सो कुरा बताएका हुन् ।

“संघीय संसद र प्रदेश सभाका सदस्यहरूले मलाई भोट दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। उहाँहरूले मेरो लामो सङ्घर्षको सही निर्णय गर्नुहुन्छ भन्ने विश्वास लिएको छु,” उनले भने।

Published Date: 09 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग