नेमकिपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने

नेमकिपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

सचिव प्रेम सुवालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको धारणामा आधारभूत भिन्नता नभएको र राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको जानकारी दिनुभयो । प्रतिनिधिसभामा नेमकिपाका एक र वाग्मती प्रदेशमा तीन सांसद छन् ।

यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले भने अबको राष्ट्रपतिको भोट कसलाई दिने भन्ने टुंगो लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित