नेमकिपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने

नेमकिपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

सचिव प्रेम सुवालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको धारणामा आधारभूत भिन्नता नभएको र राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको जानकारी दिनुभयो । प्रतिनिधिसभामा नेमकिपाका एक र वाग्मती प्रदेशमा तीन सांसद छन् ।

यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले भने अबको राष्ट्रपतिको भोट कसलाई दिने भन्ने टुंगो लगाएको छैन ।

Published Date: 09 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग