पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखको सानदार शतक

पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखको सानदार शतक : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपालका ओपनर आसिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।

आसिफले  १०१ बलमा १० चौका र २ छक्काको मदतमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेका हुन् ।

आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । आसिफले २०२१ सेप्टेम्बरमा ओमान भ्रमणमा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए । २१ वर्षीय विकेटकिपर आसिफले त्यसपछि लगातार नेपाली क्रिकेट टोलीबाट उच्च प्रदर्शन गर्दै आएका छन्।

Published Date: 09 March 2023


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक