पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखको सानदार शतक

पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखको सानदार शतक : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपालका ओपनर आसिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।

आसिफले  १०१ बलमा १० चौका र २ छक्काको मदतमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेका हुन् ।

आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । आसिफले २०२१ सेप्टेम्बरमा ओमान भ्रमणमा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए । २१ वर्षीय विकेटकिपर आसिफले त्यसपछि लगातार नेपाली क्रिकेट टोलीबाट उच्च प्रदर्शन गर्दै आएका छन्।

Published Date: 09 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास