बैंकर्स संघद्वारा कर्जा र बचतको ब्याजदर घटाउने निर्णय

बैंकर्स संघद्वारा कर्जा र बचतको ब्याजदर घटाउने निर्णय : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ। संघको आज बसेको बैठकमा बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन्।

हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए। अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।

अहिले धेरै बैंकहरुको आधार दर १० प्रतिशतको हाराहारीमा छ। यसअनुसार बैंकहरुको ब्याजदर अधिकतम १५ प्रतिशतसम्म हुने भएको छ। बैशाखदेखि आधार दर अझै घट्ने हुँदा कर्जाको ब्याजदर अझै घट्ने छ।

साथै संघले बचत खाताको ब्याजदर पनि केहि घटाउने निर्णय गरेको छ। बचतको ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो। अब बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्म हुने छ। यस्तै कल निक्षेपकाे ब्याजदर भने घटाएर ३ प्रतिशतमा झारिएकाे छ।

Published Date: 09 March 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली