बैंकर्स संघद्वारा कर्जा र बचतको ब्याजदर घटाउने निर्णय

बैंकर्स संघद्वारा कर्जा र बचतको ब्याजदर घटाउने निर्णय : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ। संघको आज बसेको बैठकमा बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन्।

हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए। अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।

अहिले धेरै बैंकहरुको आधार दर १० प्रतिशतको हाराहारीमा छ। यसअनुसार बैंकहरुको ब्याजदर अधिकतम १५ प्रतिशतसम्म हुने भएको छ। बैशाखदेखि आधार दर अझै घट्ने हुँदा कर्जाको ब्याजदर अझै घट्ने छ।

साथै संघले बचत खाताको ब्याजदर पनि केहि घटाउने निर्णय गरेको छ। बचतको ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो। अब बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्म हुने छ। यस्तै कल निक्षेपकाे ब्याजदर भने घटाएर ३ प्रतिशतमा झारिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2023
Website | + posts