सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो, आज प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार हुँदै

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो, आज प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौँ, फागुन २५ । बिहीबार सुन तोलामा ५०० रुपैयाँले घटेको छ। पछिल्लो तीन दिनमा नै सुन प्रतितोला एक हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज बिहिबार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुन तोलामा नै एक हजार रुपैयाँले ओरालो लागेको थियो । हिजो सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा झरेको थियो । मंगलबारदेखि सुनको भाउ लगातार घटेको हो ।

यसैगरी, चाँदीको भाउ पनि बिहीबार सस्तिएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २२० रुपैयाँमा खरिदिबक्री भइरहेको छ ।

Published Date: 09 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास