युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा : Icon Khabar

काठमाडौं, फागुन २४ ।  नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देखि घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनी र युएईसँग खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

नेपालले युएई भ्रमणमा टोलीमा रहेका मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको छ । अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।

नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दैछ। मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

Published Date: 08 March 2023


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक