चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, फागुन २४ । एजेन्सी – इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि दोस्रो लेगमा २–० को तथा समग्रमा २–१ को जित निकाल्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा चेल्सी १–० ले पराजित भएको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीलाई जिताउन रहिम स्टर्लिङ र काई हाभर्टजले १-१ गोल गरे।

४३औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५०औं मिनेटमा काई हाभर्टजले पेनाल्टी चुकाएपनि ५३औं मिनेटमा रि पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

Chelsea club

बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले जोडदार अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो ।

दुई गोलले पछि परेको डर्टमुन्डले त्यसपछि घरेलु टोलीमाथि बल पोसेसन राखेर दवाव बढाएपनि गोल गर्न नसक्दा अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।

Published Date: 08 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास