काठमाडौं, फागुन २३ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी कार्यालयलाई नेपाली वस्तु तथा वस्तु उपभोग गर्न परिपत्र जारी गरेको छ । सरकारले सबै सरकारी कार्यालयमा सकेसम्म नेपाली सामान प्रयोग गर्ने निर्णय गरेको भन्दै एमओआईसीएसले मातहतका विभाग र संस्थानलाई यस्तो निर्देशन दिएको हो ।
गत फागुन १४ गते बसेको केन्द्रीय अनुगमन समितिको बैठकको निर्णय अनुसार सबै सरकारी निकायमा स्वदेशी उत्पादनको यथासम्भव प्रयोग सुनिश्चित गर्ने निर्णय कार्यान्वयन गर्न परिपत्र पठाइएको छ । यसअघि मन्त्रालयले सबै सरकारी निकायले प्रयोग गर्ने स्टेशनरी तथा अन्य वस्तु खरिदमा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार सरकारी कार्यालयमा खाजा र खानाका लागि स्वदेशी उत्पादन मात्रै प्रयोग हुने गरेको छ ।
Published Date: 07 March 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1