नेपाल प्रहरीद्वारा होलीलाई सुरक्षित रुपमा मनाउन आग्रह

नेपाल प्रहरीद्वारा होलीलाई सुरक्षित रुपमा मनाउन आग्रह : Icon Khabar

काठमाडौं, फागुन १९ । जिल्ला प्रहरी परिसर काठमाडौंले होलीलाई सुरक्षित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रहरी परिसर, काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै होलीलाई सभ्य, स्वस्थ र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ । प्रहरीले होली पर्वको नाममा अव्यवस्थित गतिविधि नगर्न र नजिकका आफन्तसँग मात्र होली खेल्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैले आफ्नो इच्छाविपरीत रङ, मोबाइल, केमिकल र फोहोर पानी प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने बताए ।

महँगो गहना लगाएर होली नखेल्न, ट्राफिक नियमको कडाई गर्न, मदिरा सेवन गरी सवारी साधन नचलाउन, अपाङ्ग, महिला, बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई कुनै किसिमले दुव्र्यवहार नगर्न प्रहरीले आग्रह गरेको छ ।

रेलिङविना छत र सडकमा होली नखेल्न, भीडभाड हुने ठाउँमा नखेल्न प्रहरीले अनुरोध गरेको छ । कुनै अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू