सुपरस्टार प्रशंसकको कथा चलचित्र ‘सेल्फी’

सुपरस्टार प्रशंसकको कथा चलचित्र ‘सेल्फी’ : Icon Khabar

काठमाडौँ, फागुन १७ । “सेल्फी” लाल जूनियर द्वारा निर्देशित मलयालम चलचित्र “ड्राइभिङ लाइसेन्स” (२०१९) को हिन्दी रिमेक हो, जसमा पृथ्वीराज सुकुमारन र सुरज भेन्जारामुडु थिए।

चलचित्र ‘सेल्फी’ धेरै हिसाबले फरक छ । चलचित्र ‘सेल्फी’ हेरेर सन् २०१६ मा प्रदर्शनमा आएको शाहरुख खानको अभिनीत चलचित्र ‘फ्यान’को याद आउनेछ । जसमा शाहरुखको सबैभन्दा ठूलो फ्यान नै उनको सबैभन्दा ठूलो शत्रु बनेको देखाइएको थियो । चलचित्रको पहिलो हाफ निकै रोचक छ भने दोस्रो हाफमा चलचित्रको कथामा खासै नयाँ कुरा पाइँदैन ।

चलचित्रमा अक्षयकुमारलाई सुपरस्टारको भूमिका सुहाएको छ । उनले राम्रो काम गरेका छन् । त्यस्तै इमरान हास्मीले सोचेजस्तो अभिनय गरेको देखिँदैन । उनको अभिनय फिक्का छ । नुसरत भरुचा र डायनाको चलचित्रमा केवल नायकसँग नृत्य गर्नका लागि मात्र राखिएको हो कि जस्तो लाग्छ । चलचित्रको सुरु र अन्त्यमा रहेका दुईवटा आइटम गीतले भने पक्कै पनि दर्शकलाई आकर्षित बनाउँछ ।

Published Date: 01 March 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड