सुपरस्टार प्रशंसकको कथा चलचित्र ‘सेल्फी’

सुपरस्टार प्रशंसकको कथा चलचित्र ‘सेल्फी’ : Icon Khabar

काठमाडौँ, फागुन १७ । “सेल्फी” लाल जूनियर द्वारा निर्देशित मलयालम चलचित्र “ड्राइभिङ लाइसेन्स” (२०१९) को हिन्दी रिमेक हो, जसमा पृथ्वीराज सुकुमारन र सुरज भेन्जारामुडु थिए।

चलचित्र ‘सेल्फी’ धेरै हिसाबले फरक छ । चलचित्र ‘सेल्फी’ हेरेर सन् २०१६ मा प्रदर्शनमा आएको शाहरुख खानको अभिनीत चलचित्र ‘फ्यान’को याद आउनेछ । जसमा शाहरुखको सबैभन्दा ठूलो फ्यान नै उनको सबैभन्दा ठूलो शत्रु बनेको देखाइएको थियो । चलचित्रको पहिलो हाफ निकै रोचक छ भने दोस्रो हाफमा चलचित्रको कथामा खासै नयाँ कुरा पाइँदैन ।

चलचित्रमा अक्षयकुमारलाई सुपरस्टारको भूमिका सुहाएको छ । उनले राम्रो काम गरेका छन् । त्यस्तै इमरान हास्मीले सोचेजस्तो अभिनय गरेको देखिँदैन । उनको अभिनय फिक्का छ । नुसरत भरुचा र डायनाको चलचित्रमा केवल नायकसँग नृत्य गर्नका लागि मात्र राखिएको हो कि जस्तो लाग्छ । चलचित्रको सुरु र अन्त्यमा रहेका दुईवटा आइटम गीतले भने पक्कै पनि दर्शकलाई आकर्षित बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न