विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?

विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति? : Icon Khabar

काठमाडौँ, असोज १९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ८१ पैसा र बिक्री दर १५४ रुपैयाँ ४१ पैसा तोकिएको छ।

यस्तै युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ०९ पैसा र बिक्री दर १७३ रुपैयाँ ७७ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ६८ पैसा र बिक्री दर २०४ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिद दर १८५ रुपैयाँ ५९ पैसा र बिक्री दर १८६ रुपैयाँ ३२ पैसा रहेको छ।

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ९७ पैसा र बिक्री दर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ९३ पैसा र बिक्री दर १०८ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर १२० रुपैयाँ २२ पैसा र बिक्री दर १२० रुपैयाँ ६९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ७४ पैसा र बिक्री दर नौ रुपैयाँ ७८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ९४ पैसा र बिक्री दर २३ रुपैयाँ ०३ पैसा रहेको छ। खाडी मुलुकहरूतर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ९७ पैसा र बिक्री दर ४१ रुपैयाँ १३ पैसा तथा कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ २२ पैसा र बिक्री दर ४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

यसैगरी थाई भाट एकको खरिद दर चार रुपैयाँ ५८ पैसा र बिक्री दर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ८८ पैसा र बिक्री दर ४२ रुपैयाँ ०४ पैसा एवं मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ६६ पैसा र बिक्री दर ३७ रुपैयाँ ८० पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ ४५ पैसा र बिक्री दर ११ रुपैयाँ ५० पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ३१ पैसा र बिक्री दर १५ रुपैयाँ ३७ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ १६ पैसा र बिक्री दर २३ रुपैयाँ २५ पैसा कायम भएको छ।

यस्तै हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ६० पैसा र बिक्री दर १९ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिद दर ४९९ रुपैयाँ ४६ पैसा र बिक्री दर ५०१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिद दर ४०७ रुपैयाँ ९६ पैसा र बिक्री दर ४०९ रुपैयाँ ५५ पैसा तथा ओमान रियाल एकको खरिद दर ३९९ रुपैयाँ ५१ पैसा र बिक्री दर ४०१ रुपैयाँ ०७ पैसा तोकिएको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। केन्द्रीय बैंकका अनुसार यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुनसक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुनसक्नेछ।

Published Date: 05 October 2026


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै