पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, असोज १९ । हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको संयुक्त आंशिक प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ भने कोशी, मधेश, बागमती र बाँकी भूभागमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा हाल आंशिकदेखि साधारणतया बदली रहेको छ भने लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बदली देखिएको छ। तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। अहिले कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। देशका तराई भूभाग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली भेगमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

साथै, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी तथा तराई भूभागमा साधारणतया बदली रहनेछ भने कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागमा आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ।

तराई क्षेत्रतर्फ मधेश, कोशी, बागमती र गण्डकीका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात तथा पर्यटकीय गतिविधिमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Published Date: 05 October 2026


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै