लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असोज १२ । भक्तपुर नगरपालिका वडा नं. ८, लिवालीस्थित मेन चोक टोल सुधार समितिको आयोजनामा २०८३ असोज १० गते शनिबार भजनकीर्तन तथा प्रार्थना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ९० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई दोसल्ला र फूलमालासहित सम्मान गरिएको थियो।

सम्पूर्ण जगतको सुख, शान्ति, दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै आयोजना गरिएको कार्यक्रमको शुभारम्भ ज्येष्ठ नागरिक न्हुच्छे भक्त प्रजापतीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा आयोजित ज्येष्ठ नागरिक सम्मान समारोहमा भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

समारोहमा ९० वर्ष उमेर पुगेका न्हुच्छे भक्त प्रजापती, जगतनाथ त्वानाबासु, लत भक्त प्रजापती, हरि भगत दुवाल, आश काजी कोजू, मसिनु त्वानाबासु, मोहन वेती तुइतुई, विकुलक्ष्मी कोजू, कृष्णमाया सितिखु र नक्कली गणेजूलाई दोसल्ला ओढाएर तथा फूलमाला लगाई सम्मान गरिएको थियो।

कार्यक्रममा भक्तपुरका छ वटा भजन खलःले भजन प्रस्तुत गरेका थिए। सहभागी भजन खलःमा सर्वेश्वर महादेव भजन खलः, वाकुपतिनारायण भजन खलः, मचो पासा पुचः भजन खलः, भैरव भजन खलः, चम्पकेश्वर महादेव भजन खलः र मच्छे नारायण भजन खलः रहेका थिए।

त्यसैगरी, कान्छी त्वानाबासु, पूर्णदेवी त्वानाबासु, शंकर केशरी दुवाल, कृष्ण भक्त चुल्याद, तुल्सी कोजू, बहादुर, रामेश्वरी त्वाती, तुल्सी भक्त पंच र सावित्रीले व्यक्तिगत रूपमा भजन प्रस्तुत गरेका थिए।

कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष अजित प्रजापतीले गरेका थिए भने समितिका सचिव दिलरमण कोजूले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रम सञ्चालन रञ्जना सितिखुले गरेकी थिइन्।

धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Published Date: 28 September 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग