भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी : Icon Khabar

काठमाडौं, भदौ ११ । चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाका आधारमा भोटेकोशी नदीमा पुनः सम्भावित बाढीको जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले नदी तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको जानकारी प्राप्त भएको छ। उक्त ताल निरन्तर बढिरहेको र ताल फुट्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख गरिएको छ।

ताल फुटेमा भोटेकोशी नदीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा अन्य सम्बन्धित व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदी किनार तथा सम्भावित जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना र निर्देशनलाई प्राथमिकताका साथ पालना गर्नसमेत आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले यो विशेष सूचना २०८३ साल भाद्र ११ गते दिउँसो ४ः४६ बजे जारी गरेको हो।

Published Date: 27 August 2026










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड