प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “

प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “ : Icon Khabar

काठमाडौं, भदौ ५ । प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

आज प्रधानमन्त्री कार्यालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले भने, ‘यो प्रधानमन्त्रीको विशुद्ध निजी भ्रमण हो।’

प्रधानमन्त्री शाह आज बिहान स्थलमार्ग हुँदै पोखरातिर लागेका थिए। पोखराबाट उनी हेलिकोप्टरमा मुस्ताङ पुगेर मुक्तिनाथको दर्शन गरेका छन्।

उनी पोखराको अन्नपूर्णक इको लजमा बस्ने बताइएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा पनि भएकाले प्रधानमन्त्री शाह मुस्ताङ भ्रमणमा निस्किएका हुन्।

Published Date: 21 August 2026


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर