शुक्रबार पनि सुनको मूल्यमा वृद्धि

शुक्रबार पनि सुनको मूल्यमा वृद्धि : Icon Khabar

काठमाडौँ, भदौ ५ । स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको हो।

यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिनपनि सुनको भाउ ९ हजार ३ सय रुपैयाँले बढेको थियो ।

यसैगरी, आज १० ग्राम सुनको मूल्य पनि बढेको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ५२० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको २ लाख ६८ हजार ६९० रुपैयाँको तुलनामा २ हजार ८३० रुपैयाँ बढी हो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेको हो।

Published Date: 21 August 2026


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर