आजको मौसम:हिमाली र पहाडी क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह

आजको मौसम:हिमाली र पहाडी क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौं, भदौ ५ । देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना समेत रहेको छ।

सम्भावित वर्षा, मेघगर्जन तथा चट्याङका कारण जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।

Published Date: 21 August 2026


ताजा
आजको मौसम:हिमाली र पहाडी क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
इरानमाथि १०० पटक थप आक्रमण गर्न पनि पछि हट्दिनः ट्रम्प
सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली