मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता

मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता : Icon Khabar

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल सरकारका मन्त्रीहरुले चालु आर्थिक वर्षमा सम्पन्न गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन्।

सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित विभिन्न काम तथा उपलब्धिलाई प्राथमिकतामा राखिएको छ। चालु आर्थिक वर्षमा सरकारका मन्त्रालय तथा निकायबाट सम्पादन गरिने प्रमुख कार्य र त्यसबाट हासिल हुने अपेक्षित उपलब्धिलाई सम्झौतामा समेटिएको छ।

यसैगरी, प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्। सम्झौतामार्फत सरकारका प्राथमिकता र निर्धारित लक्ष्यअनुसार कामको प्रभावकारी कार्यान्वयन तथा परिणाममुखी प्रशासनमा जोड दिइएको छ।

Published Date: 19 August 2026


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर