सुनको भाउ बढेको बढ्यै

सुनको भाउ बढेको बढ्यै : Icon Khabar

काठमाडौँ, साउन २२ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ५४५ रुपैयाँ रहेको छ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तथा १० ग्रामको मूल्य २ लाख ५३ हजार ७७० रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँ पुगेको छ भने अघिल्लो दिन यसको मूल्य प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको थियो।

Published Date: 07 August 2026