आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो

आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन २१ । स्थानीय बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो। यसअनुसार सुनको मूल्य एकै दिनमा ८ हजार रुपैयाँले बढेको हो।

अघिल्लो दिन एक तोला सुनको कारोबार २ लाख ८८ हजार रुपैयाँमा भएको थियो । उक्त दिन सुन ४ हजार २ सय रुपैयाँले बढेको थियो । यसरी दुई दिनको अन्तरालमा सुनको भाउ १२ हजार २ सय रुपैयाँले महङ्गिएको छ ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५३ हजार ७७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ९१५ रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँ पुगेको छ भने अघिल्लो दिन यसको मूल्य ४ हजार ४७५ रुपैयाँ थियो। चाँदीको मूल्यमा ९५ रुपैयाँले वृद्धि भएको हो।

Published Date: 06 August 2026