होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो

होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो : Icon Khabar

काठमाडौँ, साउन २१ । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पेश गरिनेछ। साथै, आईपीओबाट संकलन हुने रकमको उपयोग योजना स्वीकृत गर्ने तथा निष्कासन प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यक कार्य अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने प्रस्तावमाथि पनि छलफल तथा निर्णय गरिने कम्पनीले जनाएको छ।

यसैगरी, सभाले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण, वार्षिक प्रतिवेदन तथा अन्य नियमित एजेन्डाहरू पनि पारित गर्नेछ।

कम्पनीले आईपीओमार्फत संकलित पुँजीलाई व्यवसाय विस्तार, सेवा क्षमता अभिवृद्धि तथा आवश्यक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको जनाएको छ।

Published Date: 06 August 2026


ताजा
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु