हुण्डी कारोबार गरेको आरोपमा काठमाडौँबाट एक व्यक्ति पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा काठमाडौँबाट एक व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौँ, साउन १३ । झन्डै दुई अर्बको हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले धादिङ घर भई काठमाडौंको नागार्जुन बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो।

केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा सिआइबीले रिजालमाथि अनुसन्धान अघि बढाएको हो।

अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खातामार्फत एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको एसएसपी जबराले बताए।

उनलाई मंगलबार पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

Published Date: 29 July 2026