फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने

फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने : Icon Khabar

काठमाडौँ, असार ३२ । स्पेन र साविक उपविजेता फ्रान्स तथा साविक विजेता अर्जेन्टिना र इंल्यान्डबीचको रोमाञ्चक सेमिफाइनल भिडन्त सकिएसँगै फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा भएको छ।

आ-आफ्नो सेमिफाइनल खेलमा सानदार जित दर्ता गर्दै स्पेन र अर्जेन्टिनाले स्वर्ण पदक तथा प्रतिष्ठित विश्वकप ट्रफीका लागि उपाधि भिडन्त पक्का गरेका हुन्। संयुक्त राज्य अमेरिकाको एटलान्टास्थित मर्सिडीज-बेन्ज स्टेडियममा भएको खेलमा इंल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको हो, जहाँ उसले यसअघि सन् २०२२ को कतार विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि चुमेको थियो।

जारी विश्वकपको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २-० को गोल अन्तरले पाखा लगाउँदै स्पेनले पहिलो टिकट काटेको थियो। स्पेनको जितमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने पेड्रो पोरोले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे। अर्कोतर्फ, दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै साविक विजेता अर्जेन्टिनाले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो।

उच्च दबाबको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंल्यान्डले आक्रामक सुरुवात गर्‍यो। खेलको ५५ औं मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा युवा फरवार्ड एन्थोनी गोर्डनले गोल गर्दै इंल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

एक गोलले पछि परेपछि अर्जेन्टिनाले खेलमा फर्कन निकै संघर्ष गर्नुपर्‍यो। अर्जेन्टिनाका लागि निको गोन्जालेजले गरेको उत्कृष्ट प्रहारलाई इंल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले उत्कृट बचाउ गरेर विफल पारिदिएका थिए भने एलेक्सिस म्याक एलिस्टेरका दुईवटा प्रहार दुर्भाग्यवश पोस्टमा ठोकिएर फर्किएका थिए।

सुरुवाती समयमा सोचेअनुरूप आक्रामक बन्न नसकेको अर्जेन्टिनाले खेलको अन्तिम समयतिर भने अविश्वसनीय र उत्कृष्ट पुनरागमन गर्‍यो। टोलीका ३९ वर्षीय अनुभवी कप्तान लियोनल मेसीको कप्तानी र प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले अन्तिम पाँच मिनेटको अन्तरमा दुई गोल फर्काउन सफल भयो।

खेल निर्धारित ९० मिनेट सकिन पाँच मिनेट मात्र बाँकी छँदा अर्थात् ८५ औं मिनेटमा कप्तान मेसीकै पासमा मिडफिल्डर एन्जो फर्नान्डेजले शक्तिशाली प्रहार गर्दै खेललाई १-१ को रोमाञ्चक बराबरीमा ल्याए।

त्यसपछि निर्धारित समय सकिएर थपिएको इन्जुरी समय (अतिरिक्त समय) मा कप्तान मेसीले दाहिने खुट्टाले मिलाइदिएको सानदार क्रसलाई स्टार स्ट्राइकर लाउटारो मार्टिनेजले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २-१ को ऐतिहासिक जित दिलाए।

यस रोमाञ्चक जितसँगै फुटबल इतिहासकै महान् खेलाडी मानिने लियोनल मेसीलाई आफ्नो खेल जीवनमा दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने सुवर्ण अवसर जुटेको छ। अब हुने फाइनल खेलमा विश्व फुटबलका जीवित लिजेन्ड लियोनल मेसी र स्पेनका उदीयमान युवा स्टार लामिन यमलबीचको भिडन्त हुने भएकाले यस खेललाई विश्वभरका फुटबल प्रेमीहरूले निकै चासो र उत्साहका साथ हेरेका छन्।

Published Date: 16 July 2026
ताजा
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने
मनसुनी वायुको प्रभाव: देशभर बदली, लुम्बिनी र गण्डकी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ १५४ रुपैयाँ नाघ्दा कुवेती दिनार सबैभन्दा महँगो
आज बिहीबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय