आज आइतबार र भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना

आज आइतबार र भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना : Icon Khabar

काठमाडौं, असार २८ । आज आइतबार र भोलि सोमबार भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षा पनि हुन सक्ने विभागको प्रक्षेपण छ।

यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भारी वर्षाको सम्भावना रहेका स्थानमा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। खोला, खोल्सा तथा नदी आसपासबाट यात्रा गर्ने, पहिरोको जोखिम भएका स्थान तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ।

दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ।

सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्गमा डोजर, एक्स्काभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा काम गर्न प्राधिकरणले निर्देशन दिएको छ।

Published Date: 12 July 2026
ताजा
आज आइतबार र भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना
आइतबार सुनको मूल्य सामान्य बढ्यो
खेलमा फर्कियो स्विजरल्याण्ड, अर्जेन्टिनासँग १–१ को रोमाञ्चक बराबरी
आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण