दिक्षा (गौरी) हाडा फाउन्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १६५ जना लाभान्वित

दिक्षा (गौरी) हाडा फाउन्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १६५ जना लाभान्वित : Icon Khabar

भक्तपुर, असार २८ । दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन, नेपालको आयोजनामा शनिबार भक्तपुरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना लाभान्वित भएका छन्।

शिविरमा समाज डेन्टल हस्पिटलले विशेषज्ञ दन्त सेवा उपलब्ध गराएको थियो भने म्याग्नस फार्मा, क्वेस्ट फार्मास्युटिकल्स र नेसन हेल्थ केयर प्रालिले निःशुल्क औषधि उपलब्ध गराएका थिए।

शिविरमा डा. दिव्या शर्माले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेकी थिइन्। औषधि व्यवस्थापनमा अवधीराज ज्ञवाली तथा नर्सिङ सेवामा निभा पालिखेल र शुभद्रा प्रधानको सहभागिता रहेको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले आगामी दिनमा पनि यस्ता जनहितका स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Published Date: 12 July 2026


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड