‘हितिलाई राष्ट्रिय सम्पदा घोषणा गरौँ’ : पद्मसुन्दर जोशी

‘हितिलाई राष्ट्रिय सम्पदा घोषणा गरौँ’ : पद्मसुन्दर जोशी : Icon Khabar

भक्तपुर, असार २७  । इन्जिनियर तथा ‘हिति प्रणाली’ पुस्तकका लेखक पद्मसुन्दर जोशीले काठमाडौं उपत्यकाको परम्परागत हिति (ढुंगेधारा) प्रणालीलाई राष्ट्रिय सम्पदा घोषणा गरी उपत्यकाभरका सबै हितिको नक्साङ्कन (म्यापिङ) गर्नुपर्नेमा जोड दिएका छन्।

बुक क्लब भक्तपुरद्वारा आयोजित ‘नेवा सभ्यता, हिति प्रणाली र भक्तपुर’ विषयक अन्तरसंवादमा जोशीले हिति केवल ढुंगेधारा नभई मुहान, राजकुलो, पोखरी, भूमिगत जलभण्डार र जलमार्गसहितको वैज्ञानिक तथा दिगो जल व्यवस्थापन प्रणाली भएको बताए। संरक्षणको अभाव, परम्परागत ज्ञानको पुस्तान्तरणमा कमी तथा नयाँ हिति निर्माणको परम्परा रोकिँदा प्रणाली संकटमा परेको उनको भनाइ थियो।

जोशीले हिति संरक्षणलाई खानेपानी, भू–जल पुनर्भरण, वातावरणीय सन्तुलन, जलवायु परिवर्तनसँग अनुकूलन तथा सांस्कृतिक सम्पदा संरक्षणसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तह र समुदायको सक्रिय सहभागितामा संरक्षण अभियान अघि बढाउन आग्रह गरे।

कार्यक्रममा सहभागीहरूले हिति संरक्षणलाई राज्य, स्थानीय तह र समुदायको साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले पद्मसुन्दर जोशीलाई मायाको चिनो प्रदान गरेका थिए।

Published Date: 12 July 2026


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली