अमेरिका अन्तिम १६ मा, बोस्नियामाथि २–० को शानदार जित

अमेरिका अन्तिम १६ मा, बोस्नियामाथि २–० को शानदार जित : Icon Khabar
काठमाडौँ, असार १८ सहआयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। तर ६४औं मिनेटमा रातो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित हुन पुग्यो।

एक खेलाडी कम हुँदा पनि अमेरिकाले उत्कृष्ट प्रदर्शन जारी राख्यो। खेलको ८२औं मिनेटमा टिलम्यानले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको आकर्षक फ्रिकिक सिधै जाली चुमाएपछि अमेरिकाले अग्रता दोब्बर बनायो। त्यसपछि थप गोल हुन नसक्दा अमेरिका २–० को जित निकाल्न सफल भयो।

यस जितसँगै अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा महत्त्वपूर्ण सफलता हात पारेको छ। यसअघि सन् २००२ को विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसयता भने टोली दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो।

यो नतिजासँगै तीनै आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा अन्तिम १६ मा पुग्न सफल भएका छन्। अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

Published Date: 02 July 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली