देशभर मनसुनको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, असार १८ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परिरहेको छ। यसको असर स्वरूप अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण रूपमा बादल लागेको छ भने कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहेको छ।

यतिबेला बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूका साथै कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम रूपको वर्षा भइरहेको छ।‌

आज दिउँसो पनि देशभरको मौसममा अधिकांश बदली रहने अनुमान गरिएको छ। दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ।

यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा तथा मधेश र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने आज दिउँसो भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।

आज रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान र कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ।

यसैगरी कोशी र कर्णालीको पहाडी भूभाग, बागमती, गण्डकी र सुदूरपश्चिमको पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। मधेश र कोशीको तराई एवं लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना छ।

रातिको समयमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक देखिन्छ।

Published Date: 02 July 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली