बिलबिनाको करिब ८०० ग्राम चाँदीजस्ता गरगहना सहित एक जना दुवाकोटबाट पक्राउ

बिलबिनाको करिब ८०० ग्राम चाँदीजस्ता गरगहना सहित एक जना दुवाकोटबाट पक्राउ : Icon Khabar

भक्तपुर, असार १७ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट महांकाल चोकबाट बिलबिनाको करिब ८०० ग्राम चाँदीजस्ता देखिने विभिन्न गरगहना सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार दिउँसो करिब ३:२० बजे प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा बागमती प्रदेश ०२–०६५ प ७७९८ नम्बरको स्कुटर रोकी जाँच गरेको थियो।

जाँचका क्रममा स्कुटरको डिक्कीबाट बिल नभएको चाँदीजस्तो देखिने सेतो धातुका विभिन्न गरगहना अन्दाजी ८०० ग्राम फेला परेपछि स्कुटर चालक चाँगुनारायण नगरपालिका–२ निवासी २५ वर्षीय कनैया कुमार सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका गरगहना, स्कुटर तथा चालकलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Published Date: 01 July 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली