आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार १५ ।  आज २०८३ असार १५ गते सोमबार, तद्अनुसार २९ जुन २०२६ । आज जेठ शुक्ल पूर्णिमा, शुक्ल विष्टि, भद्रा मूल, दही चिउरा खाने दिन, राष्ट्रिय धान दिवस, ज्याः पुन्हि, कवीर जयन्ती, सूर्योदय बिहानः ०५ः११ बजे, सूर्यास्त साँझः १९ः०४ बजे ।

आजको राशिफल

मेष राशि

शेयर बजार अथवा लगानीबाट लाभ हुने सम्भावना छ । बोलीमा संयम अपनाउनु होला । हतारमा कुनै निर्णय नगर्नु होला । रोकिएको रकम उठ्ने संकेत छ । व्यापारिक यात्रा सफल हुनेछ । भाग्यले साथ दिने भएकाले व्यवसायमा प्रगति हुनेछ । ऋण तिर्न सहज हुनेछ भने जागिरमा उच्च अधिकारीबाट प्रशंसा प्राप्त हुन सक्छ ।

वृष राशि

नयाँ आर्थिक योजना बन्ने सम्भावना छ । कार्यस्थलमा हुने परिवर्तनले भविष्यमा राम्रो लाभ दिलाउने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । साझेदारको सहयोगले काममा गति आउने छ । तर, विरोधी सक्रिय रहन सक्छन् । पुरानो स्वास्थ्य समस्या बल्झिन सक्छ । पारिवारिक चिन्ताले मन अशान्त रहन सक्छ ।

मिथुन राशि

आर्थिक लाभका अवसर प्राप्त हुनेछन् । भाग्यको साथले व्यापार तथा व्यवसायमा सफलता मिल्ने छ । जागिरमा उन्नतिको सम्भावना छ । सोचविचार गरेर लगानी गर्दा फाइदा हुनेछ । परिवारसँग सम्बन्धित केही चिन्ता रहन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्ने छ । कानुनी विषयमा सकारात्मक परिणाम आउने संकेत छ ।

कर्कट राशि

आम्दानी बढ्ने योग छ । प्रतिस्पर्धीहरू कमजोर हुनेछन् । सवारीसाधन वा मेसिन प्रयोग गर्दा सावधानी अपनाउनु होला । विवादबाट टाढा रहनु राम्रो हुनेछ । मूल्यवान वस्तुको सुरक्षा गर्नु होला । आर्थिक कारोबारमा हतार नगर्नु होला । व्यवसाय सामान्य रूपमा चल्ने छ । आम्दानी स्थिर रहने छ ।

सिंह राशि

रोजगारको खोजीमा रहेका व्यक्तिका लागि शुभ समाचार आउन सक्छ । उन्नतिका नयाँ अवसर खुल्ने छन् । घर–परिवारसँग सम्बन्धित केही चिन्ता रहन सक्छ । सम्पत्ति खरिद–बिक्रीका काम सफल हुनेछन् । जग्गा अथवा घर सम्बन्धी कारोबारबाट राम्रो लाभ मिल्ने सम्भावना छ । जोखिमपूर्ण कामबाट भने टाढा रहनु होला ।

कन्या राशि

सुविधा तथा विलासिताका वस्तुमा खर्च बढ्न सक्छ । आम्दानीका नयाँ स्रोत खुल्ने छन् । व्यापार तथा व्यवसायबाट राम्रो लाभ मिल्ने छ । जग्गा तथा घर सम्बन्धी काम लाभदायक हुनेछ । जागिरमा उच्च अधिकारी सन्तुष्ट रहने छन् । शेयर बजार वा म्युचुअल फण्डमा गरिएको लगानीबाट फाइदा मिल्न सक्छ ।

तुला राशि

लाभका अवसर प्राप्त हुनेछन् । व्यापार तथा व्यवसाय सन्तोषजनक रहने छ । लगानी शुभ रहने छ । जागिरमा सन्तुष्टि मिल्ने छ । साथीभाइसँग रमाइलो कार्यक्रम वा घुमघामको अवसर मिल्न सक्छ । विद्यार्थीका लागि दिन राम्रो छ । रोकिएको रकम उठ्ने सम्भावना छ । स्वास्थ्यमा भने सामान्य सावधानी अपनाउनु होला ।

वृश्चिक राशि

अपरिचित व्यक्तिमाथि धेरै विश्वास नगर्नु होला । व्यवसाय सामान्य रूपमा अघि बढ्ने छ । आम्दानी स्थिर रहने छ । प्रेम सम्बन्धमा सकारात्मक वातावरण रहने छ । पुरानो स्वास्थ्य समस्या दोहोरिन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ । विवाद र जोखिमपूर्ण कामबाट टाढा रहनु उचित हुनेछ ।

धनु राशि

व्यापारिक यात्रा सफल हुनेछ । मेहनतअनुसार सफलता प्राप्त हुनेछ । भाग्यले साथ दिने भएकाले आत्म विश्वास बढ्ने छ । जागिरमा उच्च अधिकारीबाट प्रशंसा मिल्न सक्छ । शेयर बजारबाट लाभ मिल्ने संकेत छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । कानुनी विषयमा केही अवरोध आउन सक्ने भएकाले सतर्क रहनु होस् ।

मकर राशि

घरमा पाहुनाको आगमन हुन सक्छ । शुभ समाचार प्राप्त हुनेछ । जागिरमा जिम्मेवारी अथवा अधिकार बढ्न सक्छ । शेयर बजारबाट लाभ मिल्ने सम्भावना छ । नयाँ योजना प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । कसैको व्यवहारले आत्म–सम्मानमा चोट पुग्न सक्छ ।

कुम्भ राशि

अप्रत्याशित आर्थिक लाभ हुन सक्छ । सट्टाबाजी वा लटरीबाट टाढा रहनु राम्रो हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना छ । व्यापारिक यात्रा फलदायी हुनेछ । व्यवसाय तथा लगानीबाट राम्रो लाभ मिल्ने छ । स्वास्थ्यमा सावधानी अपनाउनु होला । हतारमा निर्णय नगर्नु उचित हुनेछ ।

मीन राशि

व्यापार सामान्य रूपमा चल्ने छ । आम्दानी स्थिर रहने छ । स्वास्थ्य समस्याले केही काममा वाधा पुर्याउन सक्छ । अप्रत्याशित खर्च बढ्न सक्छ । बोलीमा संयम अपनाउनु होला । मजाक गर्दा पनि सावधानी राख्नु होला । अपरिचित व्यक्तिमाथि सजिलै विश्वास नगर्नु होला । आर्थिक कारोवारमा हतार नगर्दा राम्रो हुनेछ ।

Published Date: 29 June 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु