भक्तपुरलाई भक्तपुर नै रहन दिनुहोस् (कविता)

भक्तपुरलाई भक्तपुर नै रहन दिनुहोस् (कविता) : Icon Khabar

भक्तपुर, असार १४ । भक्तपुरलाई भक्तपुर नै रहन दिनुहोस्।

किनकि,

यहाँ पर्दा छिमेकी छन्,
मर्दा गुठी छ।

कतै निस्कँदा बोल्ने आफन्त छन्।
छरछिमेकीसँग सुख-दुःखका कुरा गर्ने फल्चा छ।

मौसमअनुसारका पर्व छन्।
सांस्कृतिक गतिविधि छन्।
धार्मिक आस्थाका देवी-देवता छन्।
मठ-मन्दिर छन्।
भजन-कीर्तन छन्।

कसैलाई आपत पर्दा
सहयोग गर्ने धेरै हातहरू छन्।

यहाँका संस्कार, संस्कृति, रीतिरिवाज,
मठ, मन्दिर, डबली, चोक र गल्लीहरू
पहिला हाम्रा लागि हुन्,
हाम्रा भावी सन्ततिका लागि हुन्।

पुर्खाले छोडेर गएका ती नासाहरू
हाम्रो पहिचान हुन्,
हाम्रो सम्पत्ति हुन्।

लेखक: प्रेम खर्बुजा 

Published Date: 28 June 2026


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग