बुस्टर डोजका लागि सरकारको पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक

बुस्टर डोजका लागि सरकारको पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक : Icon Khabar

काठमाडौं, फागुन १२ । सरकारले ५५ वर्षभन्दा माथिका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा काम गर्नेलाई कोरोना भ्याक्सिनको १५ लाख बुस्टर डोज खुवाउने भएको छ ।

गत सोमबार कोरोना संक्रमण विरुद्ध थप डोज (बुस्टर डोज) को थप खोप नेपाल आएको थियो । ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेसनले जर्मनी सरकारले उपलब्ध गराएको खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले हालै कोभिड–१९ विरुद्धको खोपको १५ लाख डोज उपलब्ध भइसकेको र प्राथमिकताका आधारमा सञ्चालन गर्ने काम पनि सुरु भएको जानकारी दिए ।

पहिलो डोजमा खोप नलिएकालाई पहिलो प्राथमिकता दिइने र बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाइने अधिकारीले बताए । उनले सम्बन्धित खोप केन्द्रमा खोप उपलब्ध गराउन समन्वय कायम गरिएको बताए ।

नागरिकले आफ्नो परिचय खुलाउने कागजपत्र लिएर खोप केन्द्रमा गएर सजिलै खोप लगाउन सक्ने अधिकारीले बताए । उनले खोप लगाउन बाँकी रहेका र बुस्टर डोज नपाएको नागरिकलाई पनि खोप लगाउन आग्रह गरे । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा बिहीबारदेखि फाइजरको बुस्टर डोज खुवाइँदै छ ।

Published Date: 24 February 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग