बुस्टर डोजका लागि सरकारको पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक

बुस्टर डोजका लागि सरकारको पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक : Icon Khabar

काठमाडौं, फागुन १२ । सरकारले ५५ वर्षभन्दा माथिका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा काम गर्नेलाई कोरोना भ्याक्सिनको १५ लाख बुस्टर डोज खुवाउने भएको छ ।

गत सोमबार कोरोना संक्रमण विरुद्ध थप डोज (बुस्टर डोज) को थप खोप नेपाल आएको थियो । ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेसनले जर्मनी सरकारले उपलब्ध गराएको खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले हालै कोभिड–१९ विरुद्धको खोपको १५ लाख डोज उपलब्ध भइसकेको र प्राथमिकताका आधारमा सञ्चालन गर्ने काम पनि सुरु भएको जानकारी दिए ।

पहिलो डोजमा खोप नलिएकालाई पहिलो प्राथमिकता दिइने र बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाइने अधिकारीले बताए । उनले सम्बन्धित खोप केन्द्रमा खोप उपलब्ध गराउन समन्वय कायम गरिएको बताए ।

नागरिकले आफ्नो परिचय खुलाउने कागजपत्र लिएर खोप केन्द्रमा गएर सजिलै खोप लगाउन सक्ने अधिकारीले बताए । उनले खोप लगाउन बाँकी रहेका र बुस्टर डोज नपाएको नागरिकलाई पनि खोप लगाउन आग्रह गरे । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा बिहीबारदेखि फाइजरको बुस्टर डोज खुवाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 February 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न