बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट

बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, असार ३ । बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर रहेको छ । आज नेप्से ०.०८ को झिनो अंकले बढेर २ हजार ७०५.५३ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५२ कम्पनीका सेयरमूल्य कारोबार भएका छन् । यीमध्ये १२६ कम्पनीका सेयरमूल्यमा सुधार आएको छ भने १३१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा १० प्रतिशतले कमी हो । विकास बैंक, वित्त, जलविद्युत, लगानी र उत्पादनशील तथा प्रशोधन समूहका परिसूचक बढेका छन् ।

वाणिज्य बैंक, होटेल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचकमा भने गिरावट आएको छ । सोपान फर्मास्युटिकल्स्, एपोलो हाइड्रोपावर तथा बुङ्गल हाइड्रोको सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनएमवीका डिवेञ्चरमा लगानीकर्ता, प्राइम डिवेञ्चर तथा एसवीएल डिवेञ्चरका लगानीकर्ता रहेका छन् ।

Published Date: 17 June 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै