मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार २ । सेयरबजार परिसूचक नेप्सेमा लगातार चारदिनयता गिरावट आएको छ । मंगलबार नेप्से ६.३१ अंकले घटेर २ हजार ७०५.४५ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३५५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ८० कम्पनीका सेयरमूल्य बढेका छन् भने १७७ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा ८ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये म्युचुअल फण्ड तथा व्यापार समूहका परिसूचक मात्रै सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै वित्त समूहको परिसूचक ०.६२ प्रतिशतले घटेको छ । सोपान फर्मास्युटिकल्स्, एपोलो हाइड्रोपावर तथा दोल्ती पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था तथा एनआईएमवी डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 16 June 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु