मध्य इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

मध्य इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प : Icon Khabar

काठमाडौँ, असार २ । मध्य इन्डोनेसियामा आज (मंगलबार) मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तस्थित पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे( स्थानीय समय) भूकम्प गएको हो।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार पालु र सिगीमा भूकम्पको ठुलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने छैन।

हालसम्म भूकम्पका कारण कुनै हताहत वा क्षतिको रिपोर्ट आइसकेको छैन।

दक्षिणपूर्वी एसियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त रिङअफ फायरलगायतमा बारम्बार भूकम्प आउने गरेको छ।

यसअघि सन् २०१८ मा पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण २ हजार २०० जनाभन्दा बढीको ज्यान गएको थियो।

Published Date: 16 June 2026
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ