आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ २९ । आज २०८३ जेठ २९ गते शुक्रबार, तद्अनुसार १२ जुन २०८३ । आज अधिक जेठ कृष्ण द्वादशी, अतिगंड कौलव अश्विनी, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझः १९ः०० बजे ।

आजको राशिफल

मेष: नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।

वृष: वृष राशि भएकाहरुको यात्रा, जागिर तथा लगानीबाट अपेक्षित सफलता प्राप्त हुनेछ । रोजगारीको अवसर मिल्न सक्छ । आकस्मिक लाभको सम्भावना रहे पनि जोखिमपूर्ण कार्यबाट टाढा रहनु राम्रो हुनेछ । धार्मिक कार्यप्रति रुचि बढ्ने छ, जसले आत्मबल उच्च बनाउने छ । मिलनसार तथा धैर्यवान स्वभावले जीवनमा आनन्द थप्ने छ । लामो समयदेखि रोकिएको रकम प्राप्त हुने योग छ ।

मिथुन राशि: मिथुन राशि भएकाहरुलाई विवादका कारण तनाव उत्पन्न हुन सक्छ । अनावश्यक खर्च बढ्न सक्छ भने पुरानो रोगले सताउन सक्छ । जोखिमपूर्ण काम नगर्नु राम्रो हुनेछ । जीवनसाथीसँग विचारमा मतभेद हुन सक्छ । विद्यार्थीहरूका लागि परीक्षामा सफलता प्राप्त हुने सम्भावना छ । व्यापारिक सम्झौतामा सावधानी अपनाउनु आवश्यक छ । दाम्पत्य जीवन सुखद रहने छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरुको रोकिएको रकम उठाउने प्रयास सफल हुनेछ । यात्रा, जागिर तथा लगानीबाट राम्रो परिणाम प्राप्त हुनेछ । जोखिम नलिनु नै उचित हुनेछ । आजको दिन शुभ रहने सम्भावना छ । स्थायी सम्पत्तिमा वृद्धि हुनेछ । रोजगारीका अवसर प्राप्त हुनेछन् र परिवारमा खुशीको वातावरण रहने छ ।

सिंह राशि: सिंह राशि भएकाहरुलाई मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ । योजना सफल हुनेछन् र धन प्राप्ति सहज हुनेछ । प्रतिष्ठा बढ्ने छ । ऋणबाट टाढा रहनु राम्रो हुनेछ । खर्चमा कमी आउने छ । कानुनी विवाद तपाईंको पक्षमा समाधान हुने सम्भावना छ । प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ ।

कन्या राशि: कन्या राशि भएकाहरुको धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्ने छ । खुशीको वातावरण रहने छ । खरिद–बिक्रीका कार्यबाट लाभ हुनेछ । योजनाहरू सफल हुनेछन् । बौद्धिक तथा उच्च वर्गबाट सम्मान प्राप्त हुनेछ । दाजुभाइसँग सामान्य मतभेद हुन सक्छ । आफ्ना सामानको सुरक्षा गर्नु होला । चोटपटक र रोगबाट सावधानी अपनाउनु होला । कानुनी समस्याहरू समाधानतर्फ उन्मुख हुनेछन् ।

तुला राशि: तुला राशि भएकाहरुको व्यापारबाट लाभ हुनेछ । सन्तानप्रति लगाव बढ्ने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ । खराब संगतले हानि पुर्याउन सक्छ । सवारी साधन तथा मेसिनरीको प्रयोग गर्दा सावधानी अपनाउनु होला । बोलीमा संयम राख्नु आवश्यक छ । चुनौतीहरूको सामना गर्दै लक्ष्य हासिल गर्न सफल हुनु हुनेछ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुलाई सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा अनुकूलता रहने छ । व्यवसाय सामान्य रूपमा राम्रो चल्ने छ । लापरवाही नगर्नु होला । जग्गा जमिनसम्बन्धी समस्या समाधान हुने संकेत देखिएका छन् । शुभ समाचार प्राप्त हुनेछ । दिन आनन्दपूर्वक बित्ने छ । नयाँ सम्बन्धहरू लाभदायी साबित हुनेछन् ।

धनु राशि: धनु राशि भएकाहरुको सम्पत्तिसम्बन्धी कार्यबाट लाभ हुनेछ । प्रगतिको बाटो खुल्ने छ तथा मन प्रसन्न रहने छ । धैर्यता तथा शान्तिपूर्वक विवाद समाधान गर्न सकिने छ । हतार नगर्नु होला । नयाँ योजना र विचारमाथि छलफल हुनेछ । प्रतिष्ठा र सम्मानअनुसारका कार्यहरू सम्पन्न हुनेछन् ।

मकर राशि: मकर राशि भएकाहरुलाई कुनै रमाइलो कार्यक्रम अथवा उत्सवमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ । बौद्धिक कार्यमा सफलता मिल्ने छ । आर्थिक लाभ तथा धन सञ्चयको सम्भावना बलियो छ । पारिवारिक काममा ध्यान दिनु आवश्यक हुनेछ । रोकिएका काम पूरा हुँदा मन प्रसन्न हुनेछ । आर्थिक सल्लाह उपयोगी सावित हुनेछ भने ऋणसम्बन्धी चिन्ता कम हुनेछ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुको दौडधूप र व्यस्तता बढ्ने छ । बोलीमा संयम राख्नु आवश्यक छ । थकान महसुस हुन सक्छ । व्यापार–व्यवसाय सन्तोषजनक रहने छ । सम्बन्धहरूलाई महत्व दिनु राम्रो हुनेछ । कम मेहनतमै लाभ प्राप्त हुने सम्भावना छ । खर्च नियन्त्रण गर्ने प्रयास गर्नु उचित हुनेछ ।

मीन राशि: मीन राशि भएकाहरुको मेहनत अनुसारको फल अपेक्षाभन्दा कम मिल्न सक्छ । कार्यको प्रशंसा हुनेछ भने धन प्राप्ति सहज हुनेछ । मन प्रसन्न रहने छ । सन्तानको शिक्षासम्बन्धी चिन्ता हट्ने छ । व्यापार–व्यवसाय लाभदायी रहने छ । महत्वपूर्ण काम समयमै सम्पन्न गर्नु राम्रो हुनेछ । व्यावसायिक क्षेत्रमा आफ्नो उत्कृष्टताको फाइदा प्राप्त हुनेछ ।

Published Date: 12 June 2026