बिहिबार नेप्से परिसूचक ८.१४ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक ८.१४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २९ । सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से ८.१४ अंकले घटेर २ हजार ७२८.०३ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५० कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ८२ कम्पनीका सेयरमूल्य बढेका छन् भने १७८ कम्पनीका सेयरमूलयमा गिरावट आएको छ ।

आज कुल ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ३ अर्ब ९० करोड ६२ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा ९ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचकिृत समूहमध्ये होटेल तथा पर्यटन र उत्पादनशील तथा प्रशोधन समूहका परिसूचक मात्रै सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै वित्त समूहको परिसूचक १.४५ प्रतिशतले घटेको छ । सोपान फर्मास्युटिकल्स् लिमिटेड, एपोलो हाइड्रोपावर लिमिटेड तथा बोटलर्स नेपाल लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाउका छन् । सबैभन्दा बढी गुमाउनेमा सप्तकोसी डेभलपमेन्ट बैंक, प्रभु बैंकका डिवेञ्चरमा लगानीकर्ता तथा राष्ट्रिय वाणिज्य बैंकका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 11 June 2026
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय