घरजग्गा सेवाको राजस्व अब अनलाइनबाटै तिर्न सकिने

घरजग्गा सेवाको राजस्व अब अनलाइनबाटै तिर्न सकिने : Icon Khabar

काठमाडौं, जेठ २७ । नेपाल राष्ट्र बैंकले घरजग्गासम्बन्धी सेवाहरूलाई थप प्रविधिमैत्री बनाउने उद्देश्यले नापी कार्यालयबाट प्रदान गरिने सेवाको राजस्व अनलाइन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका २०८२ संशोधन गर्दै जग्गाको नक्सा, फिल्डबुक, प्लट रजिस्टरलगायतका कागजातको प्रतिलिपि प्राप्त गर्दा लाग्ने शुल्क अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।

यसका लागि सबै बैंक तथा वित्तीय संस्थालाई ‘मेरो कित्ता’ प्रणालीको संस्थागत प्रयोगकर्ता बनेर सेवाग्राहीलाई डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउन निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ। यो व्यवस्थासँगै घरजग्गासम्बन्धी राजस्व भुक्तानी प्रक्रिया थप सहज, छिटो र पारदर्शी हुने अपेक्षा गरिएको छ।

Published Date: 10 June 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा