बुधबार नेप्से परिसूचक २.५७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २.५७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २७ । सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । बुधबार नेप्से २.५७ अंकले बढेर २ हजार ७३६.१७ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १२७ कम्पनीका सेयरमूल्य बढेका छन् भने १३४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम मंगलबारको तुलनामा ३३ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक सकारात्मक रहेका छन् ।

लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक भने ओरालो लागेका छन् । कालिञ्चोक हाइड्रोपावर लिमिटेड, सोपान फर्मास्युटिकल्स् लिमिटेड तथा एपोलो हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने प्रभु बैंकको डिवेञ्चरमा लगानीकर्ता, उपकार लघुवित्त वित्तीय संस्था तथा अपर लोहोरे खोला हाइड्रोेपावर कम्पनीका सेयरधनी रहेका छन् ।

Published Date: 10 June 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा