भक्तपुरमा अन्तर–वडा फुटसल प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धा जारी, आज अपरान्ह तीन खेल हुने

भक्तपुरमा अन्तर–वडा फुटसल प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धा जारी, आज अपरान्ह तीन खेल हुने : Icon Khabar
तस्बिर: आर पी ग्राफी

भक्तपुर, जेठ ११ । भक्तपुर युवा टिमको आयोजनामा सञ्चालन भइरहेको भक्तपुर नगर अन्तर–वडा फुटसल प्रतियोगिता अन्तर्गत आज जेठ ११ गते हुने खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिताको छैटौं दिन आज तीन रोमाञ्चक खेल हुने भएका छन्।

आज साँझ ५ बजे वडा नं. ५ र वडा नं. ६ बीच पहिलो खेल हुनेछ। त्यसपछि साँझ ६ बजे वडा नं. २ र वडा नं. १० आमनेसामने हुनेछन् भने राति ७ बजे वडा नं. १ र वडा नं. ४ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितिका सबै खेल भक्तपुरको न:पुखुस्थित शहिद स्मृति खेल मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिताले युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउनुका साथै वडा स्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्ने विश्वास गरिएको छ।

प्रतियोगितालाई थप रोमाञ्चक बनाउन स्थानीय दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ भने आयोजक भक्तपुर युवा टिमले खेललाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेको जनाएको छ।

Published Date: 25 May 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर