भ्यालेन्सियाद्वारा बार्सिलोनामाथि ३–१ को जित

भ्यालेन्सियाद्वारा बार्सिलोनामाथि ३–१ को जित : Icon Khabar

काठमाडौं, जेठ १० । भ्यालेन्सियाले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनालाई सिजनको अन्तिम खेलमा ३–१ ले पराजित गरेको छ।

शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा फेरान टोरेसले असिस्ट दिएका थिए।

तर त्यसपछि भ्यालेन्सियाले उत्कृष्ट पुनरागमन गर्‍यो। ६६औं मिनेटमा जाभी गुएराले बराबरी गोल फर्काए भने ७१औं मिनेटमा लुइस रियोजाले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

इन्जुरी समयको सातौं मिनेटमा गुइडो रोड्रिगेजले थप गोल गर्दै भ्यालेन्सियाको ३–१ को जित सुनिश्चित गरे ।

यससँगै ला लिगा उपाधि जितिसकेको बार्सिलोनाले सिजनको अन्तिम खेल भने हारसँग टुंग्याएको छ ।

Published Date: 24 May 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर