मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ ५ । कारोबारको दोस्रो दिन मंगलबार पनि नेप्से ओरालो लागेको छ । आज नेप्से ६.५१ अंकले घटेर २ हजार ७२४.३९ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ११३ कम्पनीका सेयरमूल्य बढेका छन् भने १४५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ३ अर्ब ८ करोड ७७ लाख ३१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा २६ प्रतिशतले बढी हो । सेयरबजारमा सूचकिृत समूहमध्ये विकास बैंक, वित्त, लघुवित्त तथा निर्जीवन बीमा समूहका परिसूचक सकारात्मक रहेका छन् ।

वाणिज्य बैंक, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, म्युचुअल फण्ड, अन्य तथा व्यापार समूहको परिसूचकमा भने गिरावट आएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया तथा दरमखोला हाइड्रो इनर्जीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने सिटि होटेल लिमिटेड, थ्रीस्टार हाइड्रोपावर तथा प्रभु बैंकका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 19 May 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली